नेपाल टी–२० : हस्मतुल्लाहको अर्धसतकमा फारवेस्टले काठमाडौंलाई ६ विकेटले हरायो – Nepal Press

नेपाल टी–२० : हस्मतुल्लाहको अर्धसतकमा फारवेस्टले काठमाडौंलाई ६ विकेटले हरायो

काठमाडौं । कप्तान हस्मतुल्लाह शाहिदिको अर्धसतक प्रेरित फारवेस्र्टन युनाइटेडले काठमाडौं नाईट्लाई ४ विकेटले हराउँदै नेपाल टी–२० लिगमा पहिलो जित निकालेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको ९९ रनको लक्ष्य फार वेस्टले १९.१ ओेभरमा ६ विकेट गुमाएर पुरा गर्दै १ सय २ रन बनायो ।

फार वेस्टका कप्तान हस्मतुल्लाह शाहिदिले सर्वाधिक ५० रन जोडे । उनले ४९ बलमा ३ चौका र दुई छक्कासहित अविजित इनिङ खेले ।
ओपनर देव खनाल १७ रनमा आउट हुँदा भिम सार्की ११ रनमा पभेलियन फर्किएका थिए ।

काठमाडौंको बलिङमा अनिल खरेलले सबैभन्दा धेरै २ विकेट लिए । अजमतुल्लाह ओमारजाई, रायन बर्ल, बसिर अहमद र अविनास बोहराले एक/एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनको योगफल तयार गरेको थियो ।काठमाडौंका एलेक्स ब्लेकले अविजित ४५ रनको इनिङ खेले । उनले ३७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनर सन्तोष कार्की १२ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल १३ रन जोडेर पभेलियन फर्किएका थिए । त्योे बाहेक काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फारवेस्टका अमेरिकन बलर उमार अलीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा १५ रन खर्चिए । हस्मतुल्लाह शाहिदी र रासिद खानले दुई/ दुई विकेट लिदा शेर मल्लले एक विकेट लिए ।

काठमाडौंले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो । फार वेस्ट पहिलो खेलमा लुम्बिनी अलस्टार्ससँग ६७ रनले हारेको थियो । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर