राष्ट्रपतिले दिएको समय सीमा समाप्त- प्रधानमन्त्रीमा प्रचण्डको नाम लिएर ओली-प्रचण्ड शीतल निवासमा – Nepal Press

राष्ट्रपतिले दिएको समय सीमा समाप्त- प्रधानमन्त्रीमा प्रचण्डको नाम लिएर ओली-प्रचण्ड शीतल निवासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीको नाम लिएर आउन दिएको समय सीमा सकिन लाग्दा ७ दलको १६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदसहित दाबी पेश गर्न शीतल निवास पुगेका हुन् ।

सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ रहेको छ ।

ओली र प्रचण्डसँगै एमाले, माओवादी, जसपासहितका शीर्ष नेताहरू गएका छन् ।

सात दलको १६६ सांसदको सुविधाजनक बहुमतसहित संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीको दाबी गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर