उपचाररत पेलेसँग सुतिरहेको तस्विर पोस्ट गर्दै छोरी केलीले लेखिन्- सँगै अर्को रात – Nepal Press

उपचाररत पेलेसँग सुतिरहेको तस्विर पोस्ट गर्दै छोरी केलीले लेखिन्- सँगै अर्को रात

साओ पाओलो । शरीरका विभिन्न अंगले काम गर्न छाड्दै गएपछि सिकिस्त महान फुटबलर पेलेलाई हेर्न उनको परिवार अस्पतालमा भेला भएको छ ।

इज्रायलिटिया अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत ८२ वर्षीय पेलेलाई हेर्न छोरीहरु फ्लाभिया र केलीसँगै छोरा एडिन्हो पुगेका छन् । उनीहरुले अस्पतालमै पेलेसँग क्रिसमस मनाउँदैछन् ।

केलीले बुबासँग सुतिरहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी छन्- सँगै अर्को रात ।

पेलेको मुटु र किड्नीमा समस्या देखिएको छ भने क्यान्सर पनि बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एडिन्होले सामाजिक सञ्जालमा बुबाको हात समाउँदै लेखेका छन्, ‘बुबा… मेरो शक्ति तपाईंको हो ।’

पेलेलाई पछिल्लोपटक गत नोभेम्बर २९ तारिखमा अस्पताल भर्ना गरिएको थियो । उनको किमोथेरापी भइरहेको छ । अस्पतालले पेलेलाई थप सघन उपचार आवश्यक रहेको उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर