आसिफको अर्धसतकमा पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य – Nepal Press

आसिफको अर्धसतकमा पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

काठमाडौं । ओपनर आसिफ शेखको अर्धसतक प्रेरित जारी नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सले जनकपुर रोयल्सलाई १ सय ३९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २ बल बाँकी रहँदा अलआउट हुँदै १३८ रनको योगफल तयार गर्यो ।

पोखराका लागि ओनर आसिफ शेखले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको महत्वपूर्ण इनिङ खेले ।

सिद्दान्त लोहनीले १६ बलमा ४ छक्का प्रहार गर्दै २९ रन जोडे । अमिर हम्जाले १८ रन जोड्दा तल्लो क्रमका ब्याटर प्रतिस जिसीले १८ बलमा ४ छक्कासहित २८ रन जोड्दै पोखराको स्कोर मजबुत बनाएका थिए । त्यसबाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरको बलिङमा केस्रिक विलियम्सले ३.४ ओभरमा १९ रन खर्चिदै सर्वाधिक ३ विकेट लिए । पवन सर्राफ स्राफुदिन असरर्फ र ललित राजवंशीले समान २ विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।

पोखरा पहिलो खेलमा काठमाडौं नाइट्सँग २६ रनले पराजित भएको थियो ।

आइतबार सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले विराटनगर सुपर किङ्सलार्य २ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको थियो ।

तस्बिरहरु: गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर