चीनमा कोरोना : थकित डाक्टर अस्पतालमै बेहोस, चाप बढेपछि भुईँमै लम्पसार बिरामी (भिडिओ) – Nepal Press

चीनमा कोरोना : थकित डाक्टर अस्पतालमै बेहोस, चाप बढेपछि भुईँमै लम्पसार बिरामी (भिडिओ)

काठमाडौं । कोरोनाको कारण जारी प्रतिबन्धलाई खुकुलो बनाइएसँगै चीनमा कोरोना महामारीको भयावह अवस्थालाई उजागर गर्ने विभिन्न भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

हालै मात्र चीनको एउटा अस्पतालमा बिरामीको चाप बढेसँगै बिरामीहरूलाई भुईँमै राखेर उपचार गरिएको भिडिओ सार्वजनिक भएको थियो ।

उक्त भिडिओमा बिरामीहरूलाई भुईमा नै राखेर केही अटोमेटेड मेसिन द्वारा सिपीआर दिइएको र चिकित्सकहरू पनि उपचारार्थ खटिएको देख्न सकिन्छ ।

यस्तै टेलिग्राम मार्फत सार्वजनिक भएको एक अर्को भिडिओमा कोरोना महामारीका बिरामीको अत्यधिक चाप ह्याण्डल गरिरहेका एक डाक्टर एक्कासि बेहोस भएको देख्न सकिन्छ ।

एक पछि अर्का बिरामीको उपचारमा खटिएका उक्त डाक्टर अचानक आफ्नो कुर्सीमा बेहोस भए पश्चात अन्य डाक्टरहरूले उनलाई अन्यत्र सारेको भिडिओमा देख्न सकिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कोरोना भेरियन्ट बिएफ ७ बाट संक्रमित बिरामीहरूको कारण चीनका अधिकांश अस्पतालहरूमा बिरामीको चाप अत्यधिक रहेको छ ।

हालै गरिएको एक सर्वेक्षणका अनुसार आगामी ९० दिन भित्र चीनको कुल जनसंख्याको ६० प्रतिशत र विश्व जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोना बाट संक्रमित हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर