संयुक्त राष्ट्रसंघमा भारत र पाकिस्तानको जुहारी : आतंकवादलाई संरक्षण गरेको आरोप प्रत्यारोप – Nepal Press

संयुक्त राष्ट्रसंघमा भारत र पाकिस्तानको जुहारी : आतंकवादलाई संरक्षण गरेको आरोप प्रत्यारोप

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार राति संयुक्त राष्ट्रसंघमा पाकिस्तान आतंकवादको इपिसेन्टर रहेको आरोप लगाएका छन् । उनले पाकिस्तानलाई लक्षित गर्दै सर्प पालेमा त्यसले दोस्रो व्यक्तीलाई मात्र नभई पाल्ने व्यक्तिलाई पनि डस्न सक्ने चेतावनीसमेत दिएका छन् ।

हिलारी किलन्टनको ११ वर्ष पुरानो अभिव्यक्तिलाई संस्मरण गराउँदै जयशंकरले सर्पको उदाहरण दिएका हुन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पाकिस्तानी मन्त्री हिना रबानीले भारतले आतंकवाद फैलाइरहेको आरोप लगाएपछि जयशंकरले यस्तो अभिव्यक्ति दिएको अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् ।

‘संसार मूर्ख छैन । आतंकवादमा संलग्न देश, संगठन र त्यसलाई नियन्त्रण गर्न खोजेको कुरा विश्वले राम्ररी बुझेको छ । आज विश्वले पाकिस्तानलाई आतंकवादको ’इपिसेन्टर’को रुपमा हेरिरहेको छ । पाकिस्तानलाई सही सल्लाह मन पर्दैन, तर पनि मेरो सल्लाह छ कि तपाई यी सबै छोडेर राम्रो छिमेकी बन्ने प्रयास गर्नुहोस्’, जयशंकरले भनेका छन् । यति मात्र नभएर युएनएससी ब्रिफिङका क्रममा एक पाकिस्तानी पत्रकारले जयशंकरलाई सोधेको आतंकवाद कहिले अन्त्य हुन्छ ? भन्ने प्रश्नमा समेत जयशंकरले यस प्रश्नको उत्तर पत्रकारले आफ्नै देशका (पाकिस्तानका) मन्त्रीबाट पाउन सक्ने जवाफ फर्काएका थिए ।

‘यदि तपाई मलाई यो प्रश्न सोध्दै हुनुहुन्छ भने तपाई गलत मन्त्रीसँग कुरा गर्दै हुनुहुन्छ । तपाईंले यो प्रश्न पाकिस्तानका मन्त्रीहरूलाई सोध्नुपर्छ । यो सबै कहिले अन्त्य हुन्छ वा उनीहरुले कहिलेसम्म आतंकवादलाई बढावा दिन चाहन्छन् भन्ने कुरा उनीहरुले मात्रै बताउन सक्छन्’, जयशंकर जवाफ उध्रदत गर्दै विअनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर