जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार यादवको मृत्यु – Nepal Press

जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार यादवको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित मिल्स एरियामा आज विहान कारको ठक्करबाट पत्रकार सिबेन्द्र रोहिता यादवको मृत्यु भएको छ ।

पत्रकार यादव नम्बर खुल्न नसकेको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलमै पछाडि सवार जयनाथ यादव गम्भीर घाइते छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बा २१ च ३३४३ नम्वरको कारले आज विहान करिब ३ बजे मोटरसाइकलमा ठक्कर दिएको थियो । कारमा सवार चार जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्रकार यादव राजधानी जनकपुर पत्रिकाको संचालक थिए । धनुषाको शहिदनगर नगरपालिकामा पर्ने विसरभोरा घर भएका पत्रकार यादव जनकपुरको वकिल टोलमा बस्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *