नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने – Nepal Press

नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने

काठमाडौं । नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् ।

डीएआर मुभिजले गर्न लागेको ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् । उपविजेताले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।

दोहोरी आइडलको छायाँकन माघबाट सुरु हुने डीएआर मुभिजले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर