संगीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ को भिडिओ बजारमा – Nepal Press

संगीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ को भिडिओ बजारमा

काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ गीतको भिडिओ सार्वजनिक गरिएको छ ।

किरण भुजेल र ममता गुरुङको युगल स्वर रहेको सार्वजनिक गीतमा नवीन श्रेष्ठको शब्द सिर्जना र संगीतकार नागेन्द्रको संगीत छ । राहुल प्रधानले एरेन्ज गरेका छन् । सफल प्रेमको कथा देखाइएको भिडिओ क्लासिक फ्लेभरमा तयार पारिएको र फरक स्वादसहित आएको संगीतकार श्रेष्ठ बताउँछन् ।

म्युजिक भिडिओमा जसमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय देख्न सकिन्छ । किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त भिडिओको निर्देशन तथा कोरियो केशवराज भट्टले गरेका हुन् ।

विशाल थापाको छायांकन साथै दिनसन शाहको सम्पादन रहेको भिडिओ संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *