रेशमजीलाई बाहिर ल्याऊ भन्दै माइतीघरमा उत्रिए कार्यकर्ता (तस्बिरहरू) – Nepal Press

रेशमजीलाई बाहिर ल्याऊ भन्दै माइतीघरमा उत्रिए कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं । रेसम चौधरीलाई रिहा गर्न माग गर्दै माइतीघरमा नागरिक उन्मुक्तिका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । चौधरी निर्दोष भएकाले अध्यादेशको विरोध नगरी उनलाई रिहा गर्न माग गरिएको हो ।

नागरिक उन्मुक्तिको महासचिव रतन थापाले केपी ओली, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, राजेन्द्र महतो लगायत शीर्ष नेताहरूले नै रेसम चौधरी निर्दोष भनेको उल्लेख गर्दै प्रदर्शनमा सहभागीहरूले निर्दोष भए किन जेलमा राखिएको भन्दै प्रश्न गरेका छन् ।

टीकापुरका जनताले २०७४ र २०७९ को निर्वाचनमा रेसमलाई निर्दोष साबित गर्दै मत दिएकोले सबै जनताको सहानुभूति रेशमप्रति नै रहेको  उनले बताए ।

गगन थापाले राजनीतिक स्वार्थका लागि बोली फेर्दै गएको आरोप पनि उनको छ । ‘स्वास्थ्यमन्त्री हुँदा धनगढीमा गएर बोल्दा होसमा हुनुहुन्थ्यो की नाइँ ?’ भनेर उनले थापालाई प्रश्न पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर