महाकालीमा भारतीय हस्तक्षेपको विरोध गर्दै माइतीघरमा मोदीको फोटो जलाइयो – Nepal Press

महाकालीमा भारतीय हस्तक्षेपको विरोध गर्दै माइतीघरमा मोदीको फोटो जलाइयो

भारतीय दूतावासअगाडि पनि प्रदर्शन

काठमाडौं । महाकाली नदीमा भारतीय हस्तक्षेपको विरोध गर्दै राजधानी काठमाडौंमा प्रदर्शन गरिएको छ । वैद्यनिकट अखिल क्रान्तिकारीले भारतीय दूतावासअगाडि विरोध गरेका छन् । त्यस्तै धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतनिकट क्रान्तिकारीले माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावास कार्यालय अगाडि पुगेर दार्चुलामा नेपाली नागरिकमाथि भएको ज्यादतीको विरोध गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।

महाकाली नदीको अतिक्रमणसँगै दार्चुलास्थित नेपाली नागरिमाथि भएको ज्यादती आफूहरुलाई असह्य भएको भन्दै त्यसको प्रतिकारमा उत्रिएको उनको भनाइ छ । सार्वभौम सम्पन्न नेपालमाथि भारतको कुनैपनि हस्तक्षप र बलमिच्याइँ स्वीकार्य नरहेको गजुरेलले चेतावनी दिए । भारतले गरेको अतिक्रमणविरुद्ध नेपाल सरकार जवाफदेही हुनुपर्ने भएपनि मौन रहेकोमा क्रान्तिकारीले आपत्ति जनाएको छ ।

 

 

माइतीघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला फोटो जलाइएको छ । प्रदर्शनकारीले ‘भारतीय हस्तक्षेप बन्द गर, हाम्रो भूमि मिच्न पाइँदैन- हेपाहा छिमेकी चाहिँदैन’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर