यी हुन् विश्वकपको प्रिक्वाटरफाइनल पुगेका १६ टोली, कसले कोसँग खेल्दैछन् ? – Nepal Press

यी हुन् विश्वकपको प्रिक्वाटरफाइनल पुगेका १६ टोली, कसले कोसँग खेल्दैछन् ?

काठमाडौं। कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारबाट समूहगत चरणका खेलहरु सकिएपछि प्रिक्वाटरफाइनल पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ।

नेदरल्यान्ड्स,इङ्ल्यान्ड, अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, मोरक्को, जापान र फ्रान्स समूह विजेताका रुपमा अगाडि बढेका हुन्।
यस्तै सेनेगल, अमेरिका,पोल्यान्ड, अस्ट्रेलिया, स्पेन , क्रोएसिया, स्वीट्जरल्यान्ड र दक्षिण कोरिया पनि समूहगत चरण पार गर्न सफल भए। उनिहरु समूह उपविजेता बने।

अब प्रिक्वाटरफाइनलमा नेदरल्यान्ड्सले अमेरिका, सेनेगलले इङ्ल्यान्ड, अर्जेन्टिनाले अस्ट्रेलिया, फ्रान्सले पोल्यान्ड, जापानले क्रोएसिया, स्पेनले मोरक्को तथा ब्राजिलले दक्षिण कोरिया र पोर्चुगलले स्वीट्जरल्यान्डसँग खेल्ने छ।

यसपटक एसियाबाट तीन,अफ्रिकाबाट दुई, दक्षिण अमेरिकाबाट दुई, उत्तर अमेरिकाबाट १ र युरोपबाट ८ टोली प्रिक्वाटरफाइनलमा पुगेका छन्। प्रिक्वाटरफाइनल पुग्ने टोलीमा इङ्ल्यान्ड, क्रोएसिया,मोरक्को, अमेरिका, नेदरल्यान्ड्स मात्र अपराजित रहे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर