सुनको मूल्य १ लाख नजिक – Nepal Press

सुनको मूल्य १ लाख नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।

छापावाल सुन बिहीबार प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य एक हजारले बढेको हो । मंसिर विवाहको मौसम भएकाले पनि सुनको मूल्य बढेको हो।

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदीको प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर