निर्वाचन आयोगसमक्ष एमालेको १० बुँदे ध्यानाकर्षण, यी ठाउँमा देख्यो धाँधली (पूर्णपाठ) – Nepal Press

निर्वाचन आयोगसमक्ष एमालेको १० बुँदे ध्यानाकर्षण, यी ठाउँमा देख्यो धाँधली (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले मतदान, मतगणना र प्रमाणपत्र दिने सन्दर्भमा सरकार तथा निर्वाचन अधिकृतहरुबाट अनियमितता भएको भन्दै निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ ।

महासचिव शंकर पोखरेलले सोमवार आयोगलाई बुझाएको ध्यानाकर्षणमा सत्तापक्षबाट दोलखा,बाजुरा र स्याङजामा बुथ कब्जा भएका सबै ठाउँमा पुनः मतदान गराउन माग गरेको छ ।

एमालेले बुथ कब्जा भएका सबै मतदान केन्द्रहरुको विवरणसहित ती ठाउँमा मतदान गराउन माग गरेको हो । त्यस्तै मन्त्रीहरु चुनाव हार्ने भएपछि उदयपुर १ र सुनसरी ४ मा मतगणनामा अवरोध गरिएको तथा धनुषा २ मा मतगणना सदर हुनुपर्ने मत बदर गरिएकलो पुनः गणना गर्न समेत माग गरेको छ ।

त्यस्तै, काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा सदर मतलाई बदर गरेर ३ मतले एमाले उम्मेदवार पराजित भएकाले पुनः गणना गर्न एमालेले माग गरेको छ । चुनाव जितिसकेका पाँचथरका एमाले उम्मेदवार वसन्त नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा रहेको आशंका सिर्जना भएको समेत एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर