क्यामरुनमै जन्मिएका खेलाडीले क्यामरुनविरुद्ध गोल गरेपछि स्वीट्जरल्यान्डलाई तीन अंक – Nepal Press

क्यामरुनमै जन्मिएका खेलाडीले क्यामरुनविरुद्ध गोल गरेपछि स्वीट्जरल्यान्डलाई तीन अंक

दोहा । क्यामरुनमा जन्मिएका ब्रिल इम्बोलोको निर्णायक गोलमा बिहीबार क्यामरुनलाई १-० गोलले हराउँदै स्वीट्जरल्यान्डले कतार विश्वकपमा विजयी सुरुवात गरेको छ ।

इम्बोलोले ४८ औँ मिनेटमा जद्रान साकिरीको पासमा गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । २५ वर्षीय स्ट्राइकर इम्बोलोले फ्रान्सको क्लब मोनाकोबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । सन् २०१५ मा सिनियर राष्ट्रिय टोलीबाटडेब्यु गरेका उनले हालसम्म १२ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

क्यामरुनको यौन्दीमा जन्मिएका इम्बोलोलाई श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि उनकी आमाले पढाउन फ्रान्स ल्याएकी थिइन् । त्यहाँ स्वीस नागरिकसँग उनको आमाको प्रेम बसेपछि स्वीट्जरल्यान्डको यात्रा तय भएको थियो। स्वीस नागरिकसँग विवाह भएपछि उनकी आमाले इम्बोलोलाईसँगै लिएर स्वीस शहर बासेल आएकी थिइन्। उनले सन् २०१४ मा स्वीस नागरिकता लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर