प्रदेश १ का १६ क्षेत्रको नतिजा आउँदा प्रदेशसभामा एमाले अगाडि, कसले कहाँ-कहाँ जिते ? – Nepal Press

प्रदेश १ का १६ क्षेत्रको नतिजा आउँदा प्रदेशसभामा एमाले अगाडि, कसले कहाँ-कहाँ जिते ?

विराटनगर । प्रदेश १ का प्रदेश सभाका १६ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउँदा प्रदेश सरकारको कस्को बन्ने भन्ने चासो सुरू भएको छ । यहाँ प्रदेशसभाका २८ क्षेत्र छन् । नतिजा आइसकेका क्षेत्रमध्ये सबैभन्दा बढी एमाललेले ६ ठाउँ जित हात पारेको छ ।

कांग्रेस ५ वटा निर्वाचन क्षेत्रमा विजयी हुँदा माओवादी केन्द्रले ३ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । राप्रपा एक स्थानमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले पनि एक सीट जितिसकेको छ ।

गणना भइरहेका क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा एमालेको अग्रता रहेको छ । कांग्रेसले ११ स्थानमा लिड गरेको छ । माओवादी केन्द्रले ५ स्थानमा अग्रता हासिल गर्दा समाजवादीका उम्मेदवार ३ वटा क्षेत्रमा अगाडि छन् । ६ वटा निर्वाचन क्षेत्रमा अझै गणना सुरू भएको छैन ।

एमालेबाट विजयी उम्मेदवार

१. बुद्धीराजराज भण्डारी सोलुखुम्बु १(२)

२. पाँचकर्ण राई खोटाङ १

३. एकराज कार्की झापा २(१)

४. चिन्तन पाठक झापा २ (२)

५. छबिलाल चुडाल झापा ३(२)

६. जयप्रकाश चौधरी मोरङ ४ (१)

कांग्रेसका विजयी उम्मेदवार

६. गोपाल तामाङ झापा १ (१)

७. भुपेन्द्र राई खोटंग २

८. रामकुमार खत्री उदयपुर २ (२)

९. प्रदीपकुमार सुनुवार ओखलढुंगा १ (१)

१०. गयानन्द मण्डल मोरङ ५ (१)

माओवादी

११. इन्द्रबहादुर आङबो पाँचथर १ (२)

१२. नारायण वुर्जामगर उदयपुर २ (१)

१३. बाबुराम गौतम ओखलढुंगा १ (२)

नेकपा एस

राजेन्द्रकुमार राई भोजपुर १

राप्रपा

सविना बजगाईँ झापा १ (२)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर