काठमाडौंका मतदानस्थलबाट मतपेटिका ओसार्न सुरु (तस्बिरहरू) – Nepal Press

काठमाडौंका मतदानस्थलबाट मतपेटिका ओसार्न सुरु (तस्बिरहरू)

काठमाडौं । काठमाडौंका विभिन्न बुथबाट मतपेटिका गणनास्थलतर्फ लगिँदै छ । १० वटै क्षेत्रको गणना फरक फरक ठाउँमा हुनेछ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना संघीय संसद भवन (अन्तराष्ट्रिय सम्मेलन केन्द्र) नयाँबानेश्वर, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुलमा हुनेछ ।

क्षेत्र नम्बर ४ को बुढानिलण्ठको चपलीमा रहेको ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नम्बर ५ को टोखाको श्रीसमाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वरको धर्मस्थलीमा र ७ को बालाजुको जुडो हलमा हुने भएको छ ।

यस्तै, क्षेत्र नम्बर ८ को स्वयम्भूको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रविभवन, र क्षेत्र नम्बर १० को त्रिभुवन विश्वविद्यालय कीर्तिपुर स्मृति भवनमा हुने जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए ।

 

 

 

 

 

तस्बिरहरु : उमेश कार्की र गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *