सन्दीपको पक्षमा बहस गर्न शम्भु थापा पनि थपिए – Nepal Press

सन्दीपको पक्षमा बहस गर्न शम्भु थापा पनि थपिए

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप क्रिकेटरमाथिको थुनछेक बहस दोस्रो दिन बिहीबार पनि चलिरहेको छ । उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भइरहेको बहसमा बुधबार वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारीले सन्दीपको पक्षमा बहस गरेका छन् ।

वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, रामकुमार माझीले पनि सन्दीपको पक्षबाट बहस गर्दैछन् । उनीहरूको पालो आउन बाँकी छ । यसअघि थुनछेक बहसको पहिलो दिन बुधबार जाहेरवालाको तर्फबाट ७ जना र सन्दीपको पक्षबाट २ जनाले बहस गरेका थिए ।

सन्दीपका कानून व्यवसायीले बहस सकेपछि सरकारी वकिलले फेरि छोटो बहस गर्नेछन् र त्यसपछि न्यायाधीश घिमिरेले थुनछेकको आदेश गर्नेछन् । सन्दीपको पक्षबाट वकालत गर्ने कानून व्यवसायीको सूचीमा थापाको नाम यसअघि चर्चामा थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *