गुजरात पुल दुर्घटना : मृतकमध्ये ४७ बालबालिका – Nepal Press

गुजरात पुल दुर्घटना : मृतकमध्ये ४७ बालबालिका

नयाँ दिल्ली । आइतबार राति भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुँडिदा ज्यान गुमाउनेमध्ये ४७ बालबालिका रहेका छन् । ज्यान गुमाउनेमा एक दुई वर्षीय बच्चासमेत रहेका छन् ।

आइतबार छठको समयमा मानिसहरूको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो ।

ब्रिटिशकालीन उक्त पुल पुनः निर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ ।

अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरू भेला भएका बेला चुँडिएको थियो ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मत सम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।

यसैबीच, उक्त घटनासँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको गुजरात प्रहरी स्रोतले जनाएको छ। गुजरात पुल दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध प्रहरीले उजुरी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर