नेकपा एसको घोषणापत्र- एमाले सरकारका उपलब्धिको जस लिने प्रयास (पूर्णपाठ) – Nepal Press

नेकपा एसको घोषणापत्र- एमाले सरकारका उपलब्धिको जस लिने प्रयास (पूर्णपाठ)

काठमाडौं । सत्तागठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले आसन्न चुनावलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ ।

एमाले फुटाएर माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एसले घोषणापत्रमा मनमोहन अधिकारीको नेतृत्व सरकारको पालामा अघि सारिएका कार्यक्रमलाई जस लिन खोजेको छ । एमालेले सुरू गरेको वृद्धभत्ता, एकलभत्ता, ‘आफ्नो गाउँ, आफै बनाऔं’ कार्यक्रमको चर्चा घोषणापत्रमा गरिएको छ ।

‘कम्युनिस्ट पार्टीले सही नीति र कार्यक्रमका अँगालेर अगाडि बढ्दा २०५१ सालमा अल्पमतकै भए पनि सरकार बनाएर जनपक्षीय काम गर्न सम्भव भएको थियो। कमरेड मनमोहन अधिकारीको नेतृत्वमा गठित २०५१ सालको नौ महिने सरकारको सबैभन्दा लोकप्रीय र जन-जनका मन मष्तिस्कमा बस्न सफल कार्यक्रम हो-‘आफ्नो गाउँ, आफैँ बनाऔं’ । यो कार्यक्रम नेपालको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ल्याउने युगान्तकारी कदम थियो । त्यो कार्यक्रम नेपाली अर्थतन्त्रमा विजारोपण गरिएको पहिलो समाजवादउन्मुख कार्यक्रम थियो ।’

नेकपा एसले प्रत्येक निर्वाचन क्षेत्रमा समान बजेट छुट्टयाउने गरी ‘नौ स’ को कार्यक्रम अघि सारेको पनि उल्लेख गरेको छ ।

महिला र अपांगता भएका व्यक्तिका लागि भत्तालगायत सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’, भूमीहीन सुकुम्बासीलाई जग्गाको लालपूर्जा वितरणजस्ता जनमुखी कार्यक्रम कार्यान्वयनमा ल्याइएको । गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेको, पुष्पलाल (मध्यपहाडी) लोक मार्गको सुरूवात, काठमाडौं-निजगढ द्रुत मार्गको सुरुवात, स्थानीय तहमा महिला र उत्पिडित-दलित समुदायको प्रतिनिधित्वको सुरुवात, उपल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको सुरुवात, कलङ्की नौबिसे सुरुङ मार्गको कार्य प्रारम्भलगायतका कामको जस पनि नेकपा एसले लिने प्रयास गरेको छ ।

नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने प्रतिबद्धता उक्त पार्टीले जाहेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार गर्ने योजना पनि घोषणापत्रमा अघि सारिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर