गुजरात पुल दुर्घटना: अनुमतिविना सञ्चालनमा ल्याइएको भन्दै अदालतमा अपराधिक मुद्दा दर्ता – Nepal Press

गुजरात पुल दुर्घटना: अनुमतिविना सञ्चालनमा ल्याइएको भन्दै अदालतमा अपराधिक मुद्दा दर्ता

काठमाडौं । भारतको गुजरातमा आइतबार साँझ दुर्घटना भएको पुल सम्बन्धित निकायको अनुमतिविना नै पुन: सञ्चालनमा ल्याइएको भन्दै अदालतमा मुद्दा परेको छ ।

नागरिक समाजका अगुवाले अधिकारीको अनुमतिविना पुल पुन: खोलिएको दाबी गरेका हुन् । टाइम्स अफ इन्डियाका अनुसार यो घटनालाई लिएर यस घटना पस्चात भारतीय दण्ड संहिताअन्तर्गत आपराधिक मुद्दा दर्ता गरिएको छ ।

पुलको मर्मत सम्भार गर्ने र व्यवस्थापनमा संलग्न निकायविरुद्ध मुद्दा दायर गरिएको हो । नगरपालिकाका प्रमुख अधिकृत सन्दीप सिंहलाई उद्धृत गर्दै समाजमा जनाइएअनुसार उक्त पुललाई ‘फिटनेस सर्टीफिकेट’ प्रदान गरिएको थिएन ।

‘उनीहरूको (कम्पनी) लापरबाहीका कारण हिजो यो घटना एकै पटकमा ४०० भन्दा बढी मानिसलाई पुलमा जाने अनुमति किन दिइयो ?’, उनले भनेका छन् । मर्मतसम्भार भए/नभएको जानकारी नगराई उक्त पुल सञ्चालनमा ल्याइएको पनि उनको भनाइ छ । हाल घटनाबारे छानबिन समिति गठन गरिएको छ घटनाको थप विवरण उक्त समितिले बुझाउनेछ ।

मोरबीमा पुल भत्किँदा बालबालिकासहित झण्डै १५० जनाको मृत्यु भएको छ । २ सयभन्दा बढी घाइते भएका छन् । मृतकको संख्या बढ्ने अनुमान छ ।

पुल जीर्ण बनेकाले मर्मतपश्चात ५ दिन अगाडिमात्र सञ्चालनमा ल्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर