ब्राजिलको राष्ट्रपतिमा सिल्भाको कमब्याक – Nepal Press

ब्राजिलको राष्ट्रपतिमा सिल्भाको कमब्याक

रियो दि जेनेरियो । दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिस्पर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । आर्थिक अनियमितताको आरोपपछि सन् २०१० मा सिल्भा राष्ट्रपति पद छाड्न बाध्य भएका थिए ।

भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन । जुन ताजा निर्वाचन परिणामले देखाएको छ ।

राष्ट्रपतिमा निर्वाचित सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा ‘शान्ति र एकता’को लागि आह्वान गरेका छन् । देश अब अन्तर्राष्ट्रिय रुपमा बहिस्कृत नरहेको बताउँदै उनले जीवित अमेजनको आवश्यकतालाई प्रकाश पारे ।

‘स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैनँ, ७७ वर्षीय वामपन्थी सिल्भाले अति दक्षिणपन्थी बोल्सोनारोलाई पराजित गरेपछि विजयी भाषणमा भने ।

यसैबीच बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर