कांग्रेसले भन्यो- माओवादी र एकीकृत समाजवादीको घोषणापत्रलाई पनि समेटेर कार्यान्वयन गराउँछौं – Nepal Press

कांग्रेसले भन्यो- माओवादी र एकीकृत समाजवादीको घोषणापत्रलाई पनि समेटेर कार्यान्वयन गराउँछौं

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ पछि आफ्नै नेतृत्वको सरकार बन्ने दाबी गरेको छ । शनिबार सार्वजनिक भएको घोषणापत्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री जीवनराम परियारले चुनावपछि कांग्रेस नेतृत्वकै सरकार बनाउने दाबी गरेका हुन् ।

उनले भने, ‘केपी ओलीजस्तो प्रत्यक्षमा एक सय सीट आउँछ भन्दिनौं। हामीले गठबन्धनमा भागबन्डा गरेर सीट बाँडफाँट गरेका छौं । त्यसमा पनि कांग्रेस पहिलो पार्टी बन्छ भन्नेमा कुनै दुविविधा छैन । त्यसपछि नेपालको संविधानको धारा ७६ को उपधारा २ ले दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउन सक्ने प्रावधान छ ।’

कुनै दलको बहुमत आउने सम्भावना नभएकाले कांग्रेसले गठबन्धनभित्रकै दलहरुसँग मिलेर सरकार बनाउने उनको भनाइ छ ।

‘यो संकल्पमा लेखिएका कुराहरु जस्तै माओवादी र एकीकृत समाजवादीले पनि घोषणापत्रमार्फत् ल्याउँछन् । धेरै अन्तर हुन्छ जस्तो लाग्दैन । त्यही कारणले हामी यो कार्यान्वयन गर्छौं’, उनले भने ।

२०७४ सालमा आफूहरुको सरकार नबनेकाले घोषणापत्र कार्यान्वयन गर्न नसकिएको घोषणापत्र मस्यौदा समितिका सदस्य डा. स्वर्णिम वाग्लेले बताए

उनले भने, ‘संवैधानिक संकटको जगमा कांग्रेसको सरकार बनेको हो । त्यसलाई समाधान गर्न नै मुख्य भूमिका रह्यो । विकास निर्माणभन्दा पनि सरकार संविधानलाई ट«याकमा ल्याउन फोकस भयो । पुनःस्थापित सरकारले एउटा स्थिर सरकार बनाएर औचित्य पुष्टि ग¥यो । नागरिकता विधेयकलगायत ३० वटा कानून त्यो संसदले बनायो । मरेको संसद व्युँताइएपछि सरकार र कानून बनाउने काममा सक्रिय भूमिका खेल्यो ।’

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले एक वर्षको अवधिमा रुपान्तरित आयोजनाहरु थालनी गरेको उनले दाबी गरे । वाग्लेले भने, ‘विशेषतः जलविद्युतको क्षेत्रमा गरेको कामलाई घोषणापत्रमा लेखेका छौं । २०७४ मा हाम्रो सरकार नबनेकाले ५ वर्षको भिजनअनुसार हामीले काम गर्न नपाएकै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर