हाम्रो गठबन्धन पवित्र, एमालेको अपवित्र : माधव नेपाल – Nepal Press

हाम्रो गठबन्धन पवित्र, एमालेको अपवित्र : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो गठबन्धन संविधान जोगाउनको लागि भएको दाबी गरे ।

उनले भने, ‘हामी सहकार्य गर्न सक्छौँ । धेरै ठाउँमा जित्न सक्छौँ । गठबन्धनको बारेमा विपक्षीले भ्रम फैलाउन थालेका छन् । विपक्षीको अनेक कुरालाई खण्डन गर्नुपर्छ । गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक भनेर प्रश्न गरेमा हामीले काउण्टर दिनुपर्छ । हामीले गरेको गठबन्धन पवित्र हो । विपक्षी गठबन्धन अपवित्र हो ।’

ओलीले संविधान मास्ने कदम गरेपछि गणतन्त्र र संविधान जोगाउन आफूहरूले गठबन्धन गरेको नेपालको भनाइ थियो ।

‘दुई पटक संविधान कुल्चिने काम भएको थियो । अधिकार नाघेर तत्कालीन प्रधानमन्त्रीले कदम चाले । हामी एकै ठाउँमा उभिएर संविधान र लोकतन्त्र जोगायौं’, उनले भने ।


प्रतिक्रिया

One thought on “हाम्रो गठबन्धन पवित्र, एमालेको अपवित्र : माधव नेपाल

  1. तिमीहरूको पवित्र नै हो किनभने एकैखाले मिसिएका छौ । सबै भारतका एजेण्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर