रुपन्देही २ मा नेकपा एसका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम – Nepal Press

रुपन्देही २ मा नेकपा एसका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम

काठमाडौं । रुपन्देही २ का गठबन्धन उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेजीसम्बन्धी रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै उम्मेदवारी कायम भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत उदविर नेपालीले सोमबार सूचना जारी गर्दै अदालतको आदेशअनुसार गुरुङको उम्मेदवारी कायम गरिएको जानकारी दिएका छन् । यसअघि असोज २५ गते आयोगले गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

तर, न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएको छ । निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर