ललितपुरमा हुने गठबन्धनको चुनावी प्रशिक्षणमा देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने – Nepal Press

ललितपुरमा हुने गठबन्धनको चुनावी प्रशिक्षणमा देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

काठमाडौं । सत्ता गठबन्धन आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको छ । चुनवामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

गठबन्धनले मंगलबार ललितपुरमा उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण कार्यक्रम राखेको माओवादीका संयोजक शिवप्रसाद कट्टेलले बताए ।

उनका अनुसार कार्यक्रमलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

महालक्ष्मी स्थानमा रहेको डिलाइट पार्टी भेन्युमा दिउँसो सवा १२ बजे कार्यक्रम सुरू हुने जनाइएको छ । यसअघि आइतबार गठबन्धनले काठमाडौं २ मा प्रशिक्षण कार्यक्रम गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर