महोत्तरी २ ‘क’मा गठबन्धनबाटै दुई उम्मेदवार, आधिकारिक मञ्जु कि जयनुल ? – Nepal Press

महोत्तरी २ ‘क’मा गठबन्धनबाटै दुई उम्मेदवार, आधिकारिक मञ्जु कि जयनुल ?

जनकपुरधाम । महोत्तरीको प्रदेशसभा क्षेत्र २ ‘क’मा सत्ता गठबन्धनमै रहेका दुई दलबाट उम्मेदवारी परेपछि आधिकारिक को भन्ने विवाद चुलिएको छ । उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीकी मञ्जु कुमारी यादव र लोसपाका जयनुल राइनले उम्मेदवारी दिएका हुन् । मधेस प्रदेशका निवर्तमान सांसदसमेत रहेकी मञ्जुले गठबन्धनको आधिकारिक उम्मेदबार आफू भएको दाबी गरिन् ।

लोसपाका राइनले उम्मेदवारी दिएको क्षेत्र २‘क’ पहिले नै एकिकृत समाजवादीको भागमा परि सकेकाले आफू गठबन्धनको आधिकारीक उम्मेदवार रहेको उनको भनाई छ । लोसपाले राइनलाई उम्मेदवारी दिन लगाएर सम्झौताको उल्लंघन गरेको उनले आरोप लगाइन् । भनिन्, ‘राजनीतिमा अनुशासन तथा सम्झौताको पालन अपरिहार्य हुन्छ । तर लोसपाले सम्झौता उल्लंघन गरेको छ ‌।’

उनले गठबन्धनको मर्म अनुरुप सम्झौता पालन गर्न कांग्रेस र लोसपा दूबै दललाई आग्रह गरेकी छन् । तर लोसपा उम्मेदवार राइनले आफू गठबन्धनको आधिकारिक उम्मेदवार रहेको दावी गर्छन् ।

पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र २ मा लोसपाका शरतसिंह भण्डारी, प्रदेशसभा २ ‘क’ मा नेकपा एकिकृत समाजवादीकी मञ्जु यादव, लोसपाका जयनुल राइन र २‘ख’मा काँग्रेसका नागेश्वर राय उम्मेदवार छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारीले आफ्नो प्रचार सामग्री ब्यानगरमा राइनलाई नै राखेका छन् । राइन ०७४ को निर्वाचनमा अहिले उठेकै क्षेत्रबाट जितेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर