वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत – Nepal Press

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत

काठमाडौं । पाँच खेलको श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जीत हात पारेको छ ।

वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

सिरिज भने वेस्ट इन्डिज ‘ए’ ले ३–२ ले जितेको छ । पहिलो खेल जितेको नेपालले श्रृंखलाको अन्तिम खेल पनि जितेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले भने दोस्रो, तेस्रो र चौथो खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको हो ।

श्रृंखलाको अन्तिम खेलमा जीत हात पार्न नेपालको लागि आशिफ शेख र अनिल शाहले अर्थशतक पूरा गरेका थिए । ओपनर कुशल भुर्तेल १३ रनमा आउट हुँदा आशिफ ५१ र अनिल ५८ रन बनाएर आउट भएका थिए ।

आशिफ आउट भएर क्रिजमा आएका कशुल मल्लले अविजित ३७ रन बनाएर । त्यस क्रममा उनले ३ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै दीपेन्द्रसिंह ऐरी ५ रन बनाएर बाहिरिए । दीपेन्द्रको स्थानमा आएका कप्तान रोहित पौडेल विना बलको सामना अविजित रहे ।

बलिङतर्फ वेस्ट इन्डिज ‘ए’ का अबेड मक्वे एक्लैले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । त्यस्तै म्याथ्यु फोर्डले एक विकेट लिए ।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्ज सर्वाधिक ३५ रनमा अविजित रहे । रोस्टन चेसले ३३ र जोन्सन चार्ल्सले २४ रन बनाए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका सागर ढकाल र सोमपाल कामीले ३(३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएका थिए । त्यस्तै अविनाश बोहोराले एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर