नेपालले टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्ने बंगलादेश अमेरिकासँग स्तब्ध – Nepal Press

नेपालले टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्ने बंगलादेश अमेरिकासँग स्तब्ध

काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको बंगलादेश मङ्गलवार एसोसिएट टोली अमेरिकासँग ५ विकेटले स्तब्ध भएको छ ।

घरेलु मैदानमा अमेरिकाले टस जितेर पहिला बलिङ रोजेको थियो । बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५३ रन जोड्यो ।

बंगलादेशका तोहिद हृदोयले सर्वाधिक ५८ रन जोडे। महमदुल्लाहले ३१ र सोम्य सर्कारले २० रन बनाएका थिए ।

कप्तान नाजमुल होसेन सान्टोले ३ र पूर्व कप्तान सकिब अल हसनले ६ रन बनाएका थिए । अमेरिकाका लागि स्टेभन टेलरले ३ ओभरमा ९ रन खर्चिएर २ विकेट लिए ।

अमेरिकाले १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । उसका लागि कोरी एन्डर्सनले ३४, हर्मित सिंहले ३३, स्टेभन टेलरले २८ र आन्द्रेस गौसले २३ रन जोडे । एन्डर्सन र सिंहबीच छैटौँ विकेटका लागि ६२ रनको साझेदारी भएको थियो ।

एन्डर्सन न्युजिल्यान्डका पूर्व खेलाडी हुन् । उनी अब अमेरिकाबाट खेल्न लागेका हुन् । बंगलादेशले जुन १ बाट सुरु हुने विश्वकपमा नेपालसहित श्रीलंका, नेदरल्यान्ड्स र दक्षिण अफ्रिकासँग पहिलो चरण खेल्दै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर