उचित समयमा बोल्ने भीम रावलको संकल्प – Nepal Press

उचित समयमा बोल्ने भीम रावलको संकल्प

कैलाली । नेकपा (एमाले) का नेता भीम रावलले सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा प्रतिक्रिया दिने बताएका छन् ।

सामाजिक संजालमा उनेले आफूलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनेर कुनियतका साथ प्रचार गरिएको समेत जनाएका छन् ।

‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन,’ रावलले फेसबुकमा लेखेका छन्, ‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो । उचित समयमा बोल्ने नै छु ।’

अछाम १ बाट रावलको नाम प्रतिनिधि सभाको लागी सिफारिस भएका थिए । तर यह झपट बोहराले टिकट पाएर उम्मेदवारी दरा गरिसकेका छन् । यस विषयमा रावलले भने अझै सम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यस अघि नेपाल प्रेससंग पनि रावलले अहिलेनै प्रतिक्रिया दिने बेल आइनसकेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर