विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन तयारी पूरा – Nepal Press

विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन तयारी पूरा

रुपन्देही । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन भोलि असोज २५ गते देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ ।

महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता प्रकाश डुम्रेले जानकारी दिए ।

दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने कार्यक्रममा देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा रहेको उनले बताए ।

पार्टी विभाजनपछि आगामी कार्यदिशा तथा मंसिर ४ गते हुने निर्वाचनका लागि सो पार्टीको रणनीतिलाई यो महाधिवेशनले टुंगो लगाउने भएकाले पनि विशेष चासोको रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर