नेकपा एसका निवर्तमान सांसद गोपाल बमविरुद्ध मुगुमा कांग्रेसका मल्ल बागी उम्मेदवार – Nepal Press

नेकपा एसका निवर्तमान सांसद गोपाल बमविरुद्ध मुगुमा कांग्रेसका मल्ल बागी उम्मेदवार

सुर्खेत । नेकपा एकीकृत समाजवादीका निवर्तमान प्रतिनिधि सभा सदस्य गोपाल बमविरुद्ध नेपाली कांग्रेसले प्रदेश सभामा आफ्नै उम्मेदवार खडा गरेको छ । स्थानीय तह निर्वाचनमा प्रदेश सभा क्षेत्रभर जम्मा ३ सय मत पाएको दललाई ७ हजार मत दिन नसकिने भन्दै कांग्रेसका उम्मेदवार खडा भएका हुन् ।

नेपाली कांग्रेस मुगुका निबर्तमान पार्टी उपसभापति एव् कर्णाली प्रदेश संसदीय बोर्डका सदस्य खगेन्द्र मल्लले सत्तापक्षीय गठबन्धनका उम्मेदवारका बिरुद्धमा बागी उम्मेदवारी दिएका हुन् ।

जिल्लाको प्रदेश सभा क्षेत्र १ बाट उनले बागी उम्मेदवारी दिएका छन् । उनलाई पूर्व राज्यमन्त्री तथा कांग्रेस नेता हस्तवहादुर मल्ल,पूर्व पार्टी सभापति खड्ग शाही लगायतको समर्थन रहेको छ ।

निबर्तमान सांसद गोपाल बमलाई सत्ता गठबन्धनले उक्त प्रदेशमा उम्मेदवार बनाएको छ । उक्त क्षेत्रका रहेका एक नगरपालिका र एक गाउँपालिकामा गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले बिनागठबन्धन जितेको थियो ।

केही दिन अघि पनि सो क्षेत्रलाई गठबन्धनका केन्द्रिय नेताहरुले समाजबादीलाई दिन लागेको विराेधमा मुगु नेपाली कांग्रेसका १४ जना नेताहरुले विज्ञप्ति जारी गर्दै चेतावानी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *