कृषि कर्म त हामीले आफ्नै करेसाबारीबाट सुरू गर्न मधेस प्रदेश सदस्य थापाको आग्रह – Nepal Press

कृषि कर्म त हामीले आफ्नै करेसाबारीबाट सुरू गर्न मधेस प्रदेश सदस्य थापाको आग्रह

बर्दिबास ।  मधेस प्रदेश सदस्य शारदादेवी थापाले घर वरपरका जमिन बाँझो नराख्न अनुरोध गरेकी छन्। सोमबार बर्दिबासस्थित सत्कर्म कृषि सहकारी सस्थाको सातौँ वार्षिक उत्सव तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सदस्य थापाले घरवरपरका जग्गा जमिन बाँझै नराख्न आग्रह गरेकी हुन्।

यसरी आफ्नो बचेको जग्गालाई वेवास्ता गरेकै कारण जमिनको उर्वरा शक्तिमा ह्रास आउँदै गएको उनको भनाइ छ। अहिलेको समयमा स्थानीय उत्पादनमा कमी आउनुको मुख्य कारण नै परनिर्भर बन्नु परेकोतर्फ इङ्गित गर्दै उनले कृषि सहकारीहरुले पाइलट कार्यक्रमका रूपमा यहाँको माटो सुहाउँदो मेवा खेती, केरा खेती, कपास खेती गर्न सक्ने समेत सुझाव दिएकी छन्।

थापाले सत्कर्म कृषि सहाकारी सस्थाले आफ्नो सातौं वार्षिक उत्सवको अवसर पारेर शेयर सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्नु आफ्ना सेयर सदस्यसँग प्रभावकारी र असाध्यै सकारात्मक प्रयास रहेको उल्लेख गरिन्।

सहकारीको अन्तरक्रिया कार्यक्रममा सदस्यहरूले सेयर रकम, ऋण–धनका विषयमा आफ्ना जिज्ञासा राखेका थिए। साथै वर्तमान समयमा सहकारीप्रतिका समाचारबाट त्रास फैलिएको भन्दै चिन्ता व्यक्त गरेका थिए। कार्यक्रममा शेयर सदस्यहरू उषा ढकाल, चित्रबहादुर देउवा, जगत खड्का, भवानी अधिकारी, जानुका पोखरेल, अर्जुन गौतम लगायतले शुभकामनासहित सुझाव समेत दिएका थिए ।

सदस्यहरूको जिज्ञासालाई सस्थाका अध्यक्ष सुशीला थापा, कोषाध्यक्ष चेतकुमार थापा, व्यवस्थापक अम्बिका बानियाँले सहजीकरण गरेका थिए। अन्तरक्रिया कार्यक्रममा २०८१ वैशाख मसान्तसम्मको आर्थिक विवरण समेत प्रस्तुत गरिएको थियो। सत्कर्म कृषि सहकारीले आफ्नो सातौं वर्षमा पुगिरहँदा १ हजार ४१८ सदस्यसँग जोडिएको छ।

त्यस्तै सस्थाको कुल सम्पत्ति ७ करोड ६४ लाख रुपैयाँ रहेको छ भने ५ करोड ४४ लाख रुपैयाँ ऋण लगानीमा रहेको व्यवस्थापक बानियाँले जनाइन्। यस्तै सेयर रकम ६६ लाख रुपैयाँ रहेको सहकारीमा बचत तर्फ ४ करोड ९५ लाख रहेको र जगेडा कोषमा भने ३८ लाख रुपैयाँ रहेको समेत जानकारी गराईएको थियो ।

कार्यक्रममा आएका सुझाव प्रतिक्रियाहरुलाई आगामी समयमा सम्बोधन गर्दै लैजाने सस्थाका अध्यक्ष सुशीला थापाले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *