कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित – Nepal Press

कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति प्रतिनिधिधिसभा बैठकमा पेश गरेका छन् ।

सो क्रममा कांग्रेस सांसदहरूले संसदमा वेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए । कांग्रेसको विरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा २०७९ नियम ३७ को उपनियम २ बमोजिम धन्यवाद प्रस्ताव प्रस्तुत गर्दै धन्यवादको प्रस्तावलाई निर्णयार्थ संसदमा प्रस्तुत गरे ।

उनले धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर