कांग्रेसको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता प्रस्ताव स्वीकृत (भिडिओ) – Nepal Press

कांग्रेसको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता प्रस्ताव स्वीकृत (भिडिओ)

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक २०८० फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विधेयक फिर्ता लिने प्रस्ताव सदनमा पेस गरेका थिए ।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। समिति बनाउन सरकार पनि तयार भए पनि टिओआरमा अझै कुरा मिल्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर