उम्मेदवारी दर्ता गराउँदै मानुषीले भनिन्- अब फोहोरी राजनीतिको काम छैन – Nepal Press

उम्मेदवारी दर्ता गराउँदै मानुषीले भनिन्- अब फोहोरी राजनीतिको काम छैन

काठमाडौं । नेपाल समाजवादी पाटीकी नेता मानुषी यमी भट्टराई नयाँ पुस्ताबाट परिवर्तन सम्भव भएको बताएकी छन् ।

काठमाडौं-७ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेपछि नयाँ पुस्ताको आवाज बुलन्द गर्न आफ्नो उम्मेदवारी भएको बताएकी हुन्।

उनले भनिन्, ‘नयाँ पुस्ताको आवाज बुलन्द गर्नका लागि मेरो उम्मेदवारी हो । काठमाडौं ७ बाट अनुमोदित हुन्छु भन्ने लागेको छ। लोकतान्त्रिक विधिलाई संस्थागत गर्न बाँकी छ।’

गठबन्धनको तर्फबाट काठमाडौंमा ३ जना महिला उम्मेदवार हुनु सकारात्मक पाटो भएको बताइन्। निर्वाचन प्रणाली परिवर्तन नभएसम्म महिला सहभागिता बढाउन नसक्ने उनले बताइन्। नागरिक सचेत भइसकेकै कारणले फोहोरी राजनीतिको काम नलाग्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर