सितेका ‘बा’ पनि काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवार – Nepal Press

सितेका ‘बा’ पनि काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवार

काठमाडौं । हास्य टेली शृङ्खला ‘सक्किगो नी’ बाट ‘सितेका बा’ नामले प्रख्यात कलाकार मधुसूधन पाठकले आसन्न चुनावमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले काठमाडौं क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका हुन् । यसअघि पाठकले स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

काठमाडौं क्षेत्र न ५ बाट नेकपा एमाले को तर्फबाट ईश्वर पोख्रेल, गठबन्धनको तर्फबाट प्रदीप पौडेल र स्वतन्त्र उम्मेदवारकै रूपमा रन्जु दर्शनाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

सो क्षेत्रमा अघिल्लो चुनावमा नेपाली कांग्रेसका नेता प्रकाश सरण महतलाई पराजित गर्दै ईश्वर पोख्रेल निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर