बाबुरामले धोखा दिएको भन्दै गण्डकीका ऊर्जामन्त्री प्रचण्डको क्षेत्रमा प्रदेशको बागी उम्मेदवार बन्दै – Nepal Press

बाबुरामले धोखा दिएको भन्दै गण्डकीका ऊर्जामन्त्री प्रचण्डको क्षेत्रमा प्रदेशको बागी उम्मेदवार बन्दै

काठमाडौं । गण्डकी प्रदेशका ऊर्जा मन्त्री हरिशरण आचार्यले टिकट नपाएपछि प्रदेश सभा निर्वाचनका स्वतन्त्र उम्मेदवारी दिन लागेका छन् ।

नेपाल समाजवादी पार्टीका नेता आचार्यले गोरखामा गठबन्धनबाट प्रदेशमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । उनको क्षेत्र गोरखा २ (क) मा नेपाली कांग्रेसले उम्मेदवारी दिँदैछ ।

आचार्यले पार्टीकै असन्तुष्ट पक्षलाई लिएर स्वतन्त्र उम्मेदवारी दिन लागेको बताइएको छ । आचार्यले नेसपा गोरखामा दुई तिहाइ नेता पार्टी नेतृत्वसँग असन्तुष्ट रहेकाले आफूले उम्मेदवारी दिन लागेको बताए ।

‘पार्टीमा मेजोरिटी नै असन्तुष्ट छन्, यहाँ । सबैलाई मिलाएर म उम्मेदवारी दिन लागेको हुँ, फाइनल काम हुँदैछ,’ उनले भने, ‘सबैसँग मिटिङमा छु, जित्ने गरी उठ्छु ।’

आचार्य पार्टी अध्यक्ष बाबुराम भट्टराईसँग आक्रोशित छन् । केही दिन अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै गोरखाका जनतामाथि भट्टराईले धोका दिएको बताएका थिए ।

यस्तै गण्डकी प्रदेशका निवर्तमान सांसद प्रकाशचन्द्र दवाडीले पनि गोरखा २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिन लागेका छन् ।

उनी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । अहिले उनको क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर