भक्तपुरका अध्यक्ष बस्नेतको घरमा आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न नेकपा एसको माग – Nepal Press

भक्तपुरका अध्यक्ष बस्नेतको घरमा आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न नेकपा एसको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष श्याम बस्नेतको घरमा आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । नेकपा एसले बस्नेतको ज्यानमार्ने उद्देश्यले घरमा आक्रमण गरिएको दाबी गरेको छ ।

भदौ २५ गते राति ३ बजे हतियारधारी समूहले बस्नेतको घरको मूल ढोका र च्यान गेटसमेत तोडफोड गरेका थिए । घरमा बस्नेतलाई नभेटेपछि उनकी श्रीमती र छोरामाथि आक्रमण गरिनु खेदजनक रहेको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एसले घटनाको छानबिन गरी संलग्नलाई तत्काल पक्राउ गर्न गृह प्रशासनलाई जोडदार माग गरेको हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर