ताइवानलाई हतियार बेच्दै अमेरिका, वाशिङटन र बेइजिङबीचको सम्बन्धलाई खतरामा पार्ने चीनको चेतावनी – Nepal Press

ताइवानलाई हतियार बेच्दै अमेरिका, वाशिङटन र बेइजिङबीचको सम्बन्धलाई खतरामा पार्ने चीनको चेतावनी

काठमाडौं । अमेरिकाले ताइवानलाई १ अर्ब डलर भन्दा बढीको अत्याधुनिक हतियार बेच्ने भएको छ । अल्जाजिराका अनुसार अमेरिकाले ताइवानलाई एन्टीशिप मिसाइल, साइडविन्डर मिसाइल, एअर टु एअर मिसाइल, रडार वार्निङ सिस्टम लगायतका हतियार बेच्न लागेको हो ।

न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै अमेरिकाले यो सम्झौता घोषणा गरेको थियो । अगस्ट २ मा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । त्यसयता चिनियाँ सेनाले ताइवानको नजिकै सैन्य अभ्यास गर्दै आएको छ ।

ताइवानमा चीनको आक्रामकतालाई ध्यानमा राख्दै अमेरिकाले सैन्य सहयोग गरेको जनाइएको छ । अमेरिकाको उक्त घोषणाको खण्डन गर्दै चीनले अमेरिकालाई यसको परिणाम भोग्न तयार हुन चेतावनी समेत दिएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकालाई उक्त सम्झौता रद्द गर्न आग्रह गरेको छ ।

यो सम्झौताले वाशिङटन र बेइजिङबीचको सम्बन्धलाई खतरामा पार्न सक्ने दूतावासका प्रवक्ता लिउ पेंग्युको भनाई छ । चीनले अमेरिकाको उक्त सहयोगलाई चीनको आन्तरिक मामिलामा अमेरिकाको अनावश्यक हस्तक्षेपको संज्ञासमेत दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर