एमाले प्रवेश गर्ने चर्चापछि सुदूरपश्चिमका भौतिक राज्यमन्त्री बर्खास्त – Nepal Press

एमाले प्रवेश गर्ने चर्चापछि सुदूरपश्चिमका भौतिक राज्यमन्त्री बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् ।

एमाले प्रवेश गर्ने चर्चा चलेसँगै उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे । राजीनामा नदिई एमाले प्रवेश गर्नेलाई बर्खास्त नगरे के गर्ने ?, ती मन्त्रीको प्रश्न थियो ।

आज नेकपा एकीकृत समाजवादीका संसददेखि प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू एमाले प्रदेश गर्ने कार्यक्रम रहेको छ । त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ ।

मुख्यमन्त्री निकट स्रोतले चौधरीलाई बर्खास्त गरेको बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर