कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित २४ बुँदे माग पूरा गर्न एक हप्ते अल्टिमेटम – Nepal Press

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित २४ बुँदे माग पूरा गर्न एक हप्ते अल्टिमेटम

काठमाडौं । कान्ति बाल अस्पताल विकास समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

ज्यालादारी तथा करारका कर्मचारीहरुलाई २४ घण्टाभित्र नविकरण गर्न, स्थायी कर्मचारीहरुको सावधिक बीमा योजना तत्काल लागू गर्न, दरबन्दीका अनियमित नियुक्तिहरु खारेज गर्ने लगायतका २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

मागहरु पुरा गर्नका लागि पुरै १ हप्ताको अल्टिमेटम दिएको छ ।

कान्ति बाल अस्पताल विकास समिति तर्फका हामी संपूर्ण कर्मचारीहरुको तर्फबाट र अस्पतालमा अस्तित्वमा रहेका संपूर्ण यूनियनहरुको समर्थन र ऐक्यबद्धतामा अस्पताल व्यवस्थापन समक्ष २४ बँदे मागपत्र पेश गरिएको समितिले जनाएको छ ।

समय सीमा पुरा भएको आठौं दिन अर्थात २१ गते मंगलबारका दिन बिहानै देखि निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेर चरणबद्ध संघर्षका कार्यक्रमहरु अगाडि बढाउने समितिले चेतावनी दिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर