राहदानी विभागमा महानगरको कारबाही: पार्किङ एरिया गराइयो खाली (तस्बिरहरु) – Nepal Press

राहदानी विभागमा महानगरको कारबाही: पार्किङ एरिया गराइयो खाली (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ एरिया खाली गराएको छ ।

महानगरले  पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया खाली गराएको हो । महानगरका  प्रहरीका एसपी राजु  पाण्डेकाे नेतृत्वमा अण्डरग्राउण्ड  प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

विभागले राहदानी बनाउन आउनेहरुको लागि बस्न  कुर्सी राखिएको थियो  ।

दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरिरहेको छ । उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । त्यसैले महानगरले बल प्रयोग गरेर सो स्थान खाली गराउन लागेको स्रोतले बताए ।

आज बालेन आफैं भने फिल्डमा उत्रिने छैनन् । महानगरका नगरप्रहरीहरु पार्किङ खाली गराउनका लागि एसपी राजू पाण्डेको नेतृत्वमा नगरप्रहरीको टोली विभागमा आएका थिए ।

तस्बिर:उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर