सत्ता गठबन्धनमा सीट बाँडफाँट- प्रतिनिधिसभातर्फ जसपाको दाबी ३० सीट – Nepal Press

सत्ता गठबन्धनमा सीट बाँडफाँट- प्रतिनिधिसभातर्फ जसपाको दाबी ३० सीट

काठमाडौं । स्थानीय चुनावका आधारमा सत्ता गठबन्धनको तेस्रो ठूलो घटक बनेको जनता समाजवादी पार्टीले प्रतिनिधिभातर्फ कम्तीमा ३० सीट दाबी गर्ने भएको छ ।

गठबन्धनको कार्यदलमा छलफल भइरहेका बेला जारी जसपाको केन्द्रीय बैठकमा सीट बाँडफाँटबारे सामान्य ब्रिफिङ भएको छ । कार्यदलमा रहेका सदस्य रकम चेम्जोङ र रामसहायप्रसाद यादवले छलफलमा भएका कुराबारे जानकारी गराएका छन् ।

पार्टीको तर्फबाट १६५ निर्वाचन क्षेत्रमध्ये ३० देखि ३५ सीटमा दाबी गर्ने कुरा आएको जसपाका नेता आङकाजी शेर्पाले जानकारी दिए । यद्यपि यो सीटसंख्या केही तलमाथि हुनसक्छ ।

जसपाले मधेस प्रदेशलाई मुख्य आधार मानेको छ । मधेस प्रदेशका ३२ मध्ये कम्तीमा १२ सीटमा जसपाको दाबी छ । सप्तरीमा २, सिरहामा २, धनुषामा १, महोत्तरीमा २, सर्लाहीमा २, रौतहटमा १, बारामा १ र पर्सामा २ सीट जसपाको बटमलाइन हो ।

यसबाहेक प्रदेश १ मा धनकुटा, सुनसरी १ र मोरङ ५ मा जसपाको दाबी रहनेछ भने वागमतीमा काठमाडौं ७ र लुम्बिनीमा रुपन्देही, बाँके, कपिलवस्तुमा जसपाले दाबी गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर