कांग्रेस लोकतान्त्रिक पार्टी रहेन, प्रचण्डको कार्यकर्ता हो : अध्यक्ष ओली – Nepal Press

कांग्रेस लोकतान्त्रिक पार्टी रहेन, प्रचण्डको कार्यकर्ता हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कांग्रेस कहिँकतैको लोकतान्त्रिक पार्टी रहेन । कांग्रेसले अब आफूलाई लोकतान्त्रिक पार्टी भन्नु बेकार छ,’ उनले भने, ‘कांग्रेस अहिले प्रचण्डको कार्यकर्ता हो ।’

कांग्रेस विचार, आचरण, नीति, सिद्धान्त र व्यवहार केहीमा पनि लोकतान्त्रिक नरहेको उनले दाबी गरे । उनले भने, ‘कांग्रेस इतिहासमा पनि पटक–पटक ठूलाठूला अलोकतान्त्रिक काम गरिआएको पार्टी हो । देशहित विपरीत काम गर्दै आएको छ । अनुभवबाट सिक्ला की भनेको झन् झन् बिग्रिँदै गएको छ । अब त कांग्रेस….. नभनौं ।’

माओवादी केन्द्र ‘प्रचण्ड एण्ड कम्पनी’ रहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले कांग्रेस पनि त्यसैको पछिपछि दौडेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर