सहकारी संस्थाहरुलाई घरजग्गामा लगानी गर्न राेक (निर्देशनसहित) – Nepal Press

सहकारी संस्थाहरुलाई घरजग्गामा लगानी गर्न राेक (निर्देशनसहित)

काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या देखिएपछि सहकारी विभागले स्थिर सम्पत्ति (घरजग्गा)मा सकेसम्म लगानी नगर्न निर्देशन दिएको छ । कर्जा लगानी गर्दा तत्काल प्रतिफल दिने ससाना व्यवसाय र स्थिर सम्पत्तिमा सकेसम्म लगानी नगर्न विभागले निर्देशन दिएको हो ।

यस्तै विभागले ऋण असुलीलाई प्राथमिकताका साथ कार्ययोजना नै बनाएर अघि बढ्न सुझाएको छ । विभागको निर्देशनमा सहकारीका सञ्चालकको सुविधा कटौती गर्न, नाफामा नआएसम्म लाभांश वितरण नगर्न भनिएको छ ।

सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन पनि विभागले निर्देशन दिएको छ । विभागले बचतकर्ता सदस्यहरुसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रीम तालिका बनाएर नियमित भुक्तानी गर्न भनेको छ ।

अहिले १२ सहकारी समस्याग्रस्त घोषित छन् । ती सहकारीहरुले घरजग्गामा कारोबार गर्ने गरेको, आफ्नो स्वार्थको क्षेत्रमा लगानी गर्ने गरेकोलगायतका कारण समस्यामा परेको देखिएको छ । मुलुकभर ३० हजारभन्दा बढी सहकारी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर