रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने – Nepal Press

रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा  सहभागी नहुने भएको छ।

रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले भिडियाे सन्देशमार्फत बताए ।

‘देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा हजारौं नागरिकले दिएका अधिकांश सल्लाहमा प्रदेश संरचनाको असन्तुष्टि व्यापकरूपमा देखेको छु । प्रदेश तहको अहिलेको संरचना राज्यकोषको दोहन गरेर राजनीतिक दलका दोस्र, तेस्रा, चौथो तहका नेता व्यवस्थापन गर्ने थलो बनाइएको देखिन्छ ।’ उनले भनेका छन,’यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन। प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर