नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र मनोनित – Nepal Press

नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र मनोनित

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र मनोनित भएकी छन् । सभापति शेरबहादुर देउवाले मिश्रलाई संघको अध्यक्षमा मनोनित गरेका हुन् ।

नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको २०७८ चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल महिला संघको अध्यक्ष पदमा उषाकुमारी राउत मिश्रलाई नियुक्त गरेका काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।

सिराहाकी उनी महिला संघको निवर्तमान सचिवसमेत हुन् । यस अघि संघको अध्यक्षको जिम्मेवारीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी थिईन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर