पदकै लागि शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको हो : विष्णु पौडेल (भिडिओ) – Nepal Press

पदकै लागि शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको हो : विष्णु पौडेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको बताएका छन् ।

जीवराज आश्रित स्मृति प्रतिष्ठानले वुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले कम्युनिष्ट पार्टी विभाजित हुनुमा दलीय लालचाबाहेक केही नभएको जिकिर गरे ।

पौडेलले पदका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिष्ट आन्दोलन कमजोर बनेको पनि बताए । उनले अग्रज नेताहरुको त्याग र र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको समेत औल्याए ।

कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे, एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेना लगाएतले आश्रितको योगदानमाथि चर्चा गरेका थिए ।


प्रतिक्रिया

One thought on “पदकै लागि शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको हो : विष्णु पौडेल (भिडिओ)

  1. भारतका गुलामहरूले आदेश पालना गरेका हुन् एमालेले सर्वाङ्गीण विकास गरेको देख्न नसकेर।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर