ललितपुरकाे बालकुमारीमा जिपको ठक्करबाट स्कुटर चालक मृत्यु – Nepal Press

ललितपुरकाे बालकुमारीमा जिपको ठक्करबाट स्कुटर चालक मृत्यु

काठमाडाैं । ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

एक युवती भने घाइते भएकी छिन् । गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

घाइते भएकी स्कुटरमा पछाडी सवार ललितपुर धोबिघाट बस्ने २३ बर्षकै सकुन्तला घर्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको हो । दुर्घटना पश्चात् जिपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त सातदोबाटेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर